Home » Blog » चापाकल वितरणमा अनियमितता भएको आरोप

चापाकल वितरणमा अनियमितता भएको आरोप

अंकुश दैनिक
0 comment 3 views

चिरञ्जीवी यादव
बीरगंज, २० जेष्ठ ।  पर्साको सुखुवा प्रसौनी गा“उपालिका वडा नम्बर २ प्रसौनी टोलमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपलब्ध गराएको चापाकल वितरणमा अनियमितता भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्ष उपलब्ध गराएको १७ वटा र यस वर्ष उपलब्ध गराएको ३१ वटा चापाकल वितरणमा उपभोक्ता समितिका अध्यक्ष मोहन चौधरीले अनियमितता गरेको स्थानीय उपभोक्ताहरुको आरोप छ । तीन करोडको बजेटमा आएकोमा छौ बर्से योजना रहेको छ। आज सखुवाप्रसौनी गाउ पालिकाको वर्ड न २ प्रसौनी टोलमा पत्रकार सम्मेलन गरेर स्थानीय उपभोक्ताहरुले चापाकल जडानका लागि उपभोक्ता समितिका अध्यक्ष चौधरीले धारा गाडिएको स्थानका घरधनीहरुसंग गत वर्ष प्रति धारा दूइ हजार र यस वर्ष तीन हजार रुपैयाका दरले रकम असुलेको बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यसपाली उपलब्ध गराएको ३१ वटा धारा मध्ये उपभोक्ता समितिका अध्यक्ष चौधरीले अहिले सम्म जनही तीन हजार रुपैयाका दरले रकम असुलेर १० वटा मात्र धारा गाडेको बताएका छन् । पत्रकार सम्मेलनमा स्थानीय हिरालाल रामले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले स्थानीयका लागि निशुल्क उपलब्ध गराएको धाराहरु उपभोक्ता समितिका अध्यक्ष चौधरीले भने रकम असुलेर गाड्ने काम गरेको बताउनु भयो । स्थानीय बलिराम दहित थारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय एक्टङाका प्रहरी नायव निरिक्षक यज्ञ प्रसाद चौलागाइ ,पत्रकारहरु हेम चापागाइ , कृष्ण मोहन साह , चिरन्जीवी यादव , प्रमोद यादव, राधेश्याम पटेल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.