Home » Blog » पानीटंकीमा विशेष सरसफाई अभियान कार्यक्रम सम्पन्न

पानीटंकीमा विशेष सरसफाई अभियान कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 4 views

वीरगंज २० जेठ ।  विश्व वातावरण दिवसको अवसरमा आज वीरगंज पानीटंकी एरियामा विशेष सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ ।
पानीटंकी टोल विकास उपभोक्ता समितीको पहल र वीरगंज महानगरपालिकाको नेतृत्वमा भएको उक्त कार्यक्रमको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्घाटन गरि शुभारम्भ गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आफनो मात्र स्वार्थलाई हेरेर फोहर गर्ने र वातावरण विगार्ने,चुरेको दोहनगर्नेलाई सबै मिलेर खबरदारी गर्नु पर्ने बताउदै प्रशासनले प्रत्येक राम्रा कामको सधै साथ दिने र खराब काम गर्ने गराउनेलाई कारवाही गर्न कटिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा बीरगंज उप–महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले नाला, सडक सफाई राख्न सर्वप्रथम घरघरको फोहर व्यवस्थापन गर्न आवश्यक रहेको हुदा प्रत्येक घरका महिला गृहीणीको ठूलो भुमिका हुने र सबैको चेतना जाग्नु पर्ने बताउनुभयो ।
विश्व वातावरण दिवसको अवसरमा भएको सरसफाई कार्यक्रममा उपभोक्ता समितीका सम्पुर्ण वोर्ड पदाधिकारीहरु, वीरगंज महानगरापलिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारी, सफाई विभागका अधिकृत एवं कर्मचारीहरुको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, विभिन्न स्कूल तथा कलेजका विद्यार्थीहरु विवेकशिल नेपालका यूवाहरु र नपा कर्मचारीद्वारा फोहर उठाएर ट्ंयाक्टरमा लोड गर्ने काम भएको थियो । यो सफाई कार्यक्रममा वि.पी.सी कलेजका संचालक डा .दिपक शाक्य, आशाराम हस्पिटलका डा. अशोक दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.