Home » Blog » पत्रकार तिवारीको दुव्र्यबहार प्रति घोर भत्र्सना

पत्रकार तिवारीको दुव्र्यबहार प्रति घोर भत्र्सना

अंकुश दैनिक
0 comment 5 views

बीरगंज, २४ जेष्ठ ।  नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष एवं रेडियो विरगंजका पत्रकार अनुप तिवारीमाथि अस्ती सोमबार बेलुकी भएको दुव्र्यबहारको रेडियो पत्रकार राष्ट्रिय संजालले घोर भत्र्सना गरेको छ ।
शरीरमा मोबिल छ्यापेर आगो लगाउने प्रयास भएको घटनाको जति निन्दा गरेपनि कम हुने भन्दै संजालद्वारा जारी विज्ञप्तीमा घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको लागि प्रशासनसंग जोडदार माग गरिएको छ ।
सञ्जालका सचिव सुरेश बिडारीद्वारा जारी विज्ञप्तीमा समाचार प्रशारण प्रकाशन गरेकै विषयलाई लिएर राजनीतिक आवरणमा हुने यस्ता आततायी घटनाले कसैलाई पनि फाईदा नहुने उल्लेख छ । जतिसक्दो छिटो दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै संजाल प्रशासनले यो विषयलाई गम्भीरतापूर्वक नलिए देशैभरीका रेडियो पत्रकार आन्दोलित हुने चेतावनी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.