Home » Blog » पर्सा ट्राफिकद्वारा २३७ इ–रिक्सा नियन्त्रणमा

पर्सा ट्राफिकद्वारा २३७ इ–रिक्सा नियन्त्रणमा

अंकुश दैनिक
0 comment 8 views

वीरगंज, २५ जेठ । सवारी चालक अनुमतिपत्र नलिई वीरगन्ज महानगरपालिकाभित्र सञ्चालन गरिरहेका इ–रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

महानगरपालिकाको मर्लीचोक, गण्डक चोक, पावरहाउस चोक, मूर्ली बगैचा चोक, शङ्कचारचार्यद्वारलगायत स्थानमा चेकजाँच गर्दा सवारी चालक अनुमतिपत्र नभएका चालकले सञ्चालन गरिरहेका २३७ वटा इ–रिक्सालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रवीन्द्रप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

महानगरक्षेत्रभित्र एक हजार दुई सयभन्दा बढीको सङ्ख्यामा सञ्चालित रहेको इ–रिक्साका कारण सडक जामको समस्या बढ्दै गएपछि जाँचलाई तीव्रता दिइएकोे उहाँले बताउनुभयो ।

नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जले इ–रिक्सा चालक अनुमतिपत्रका लागि चालु आर्थिक वर्षभित्रै दुई पटकसम्म सूचना आह्वान गरेपनि वीरगन्जका इ–रिक्सा चालकले आवेदन नंै नदिई आफुखुसी सवारी सञ्चालन गर्दै आएको निरीक्षक भट्टराइले जानकारी दिनुभयो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.