Home » Blog » सरकारको लापरवाहीको कारण सुकुम्बासीहरु हुकुम्बासीमा परिणत हुदै

सरकारको लापरवाहीको कारण सुकुम्बासीहरु हुकुम्बासीमा परिणत हुदै

अंकुश दैनिक
0 comment 6 views

बीरगंज।
पहाडी जिल्लाहरुबाट केही वर्ष अगाडीदेखि पर्सा बन भित्र बस्दै आएकाहरु राजनीतिक आवरण ओढेर सुकुम्बासी बनी बिस्तारै हुकुम्बासीमा परिणत हुदै गएको आरोप जिल्ला बन कार्यालयका अधिकृत चन्द्रदेवलाल कर्णले बताएका छन् । संचारकर्मीहरुसंग कुरा गर्दै कर्णले त्यसरी आएकाहरु रात–बिरात काठ तस्करीमा संलग्न रही बन क्षेत्रभित्रका रुख कटान गरी हजारौ बिगहा बनको जमिनलाई खेती योग्य जमिनमा रुपान्तरित गरी बन कार्यालयको सहमति बगैर बिद्युत प्राधिकरणले विद्युतको पोल पुर्‍याउने, शिक्षा कार्यालयले बन क्षेत्रभित्रै सरकारी बजेटमा स्कुल निर्माण गरिदिने, खानेपानी तथा सरसफाई डिभिजन वीरगंजले पानी पुर्‍याइदिने जस्ता कामहरु सरकारकै निकायले गरिदिने गरेको कारणले गर्दा समस्या उत्पन्न भएको बताए ।
त्यसै गरी जिल्ला बन कार्यालय पर्साको मातहतमा रहेको भेडाहा खोलालाई पनि जिल्ला बिकास समिति पर्साले एकलौटी रुपले जिल्ला बन कार्यालय पर्सा संग समन्वय नै नगरि टेण्डर आह्वान गरेको देख्दा राज्यको निकायहरु बीच असझमदारी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.