Home » Blog » कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यकः मोडेर्ना इन्क

कोभिडको नयाँ भेरियन्टविरुद्ध नयाँ खोप आवश्यकः मोडेर्ना इन्क

अंकुश दैनिक
0 comments 9 views

एजेन्सी
न्युयोर्क, १३ मंसिर
मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका कोभिड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् । आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको विश्वव्यापी त्रास बढिरहेका बेला उनको सो भनाई आएको हो ।

‘नयाँ भेरियन्टको भाइरसविरुद्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने । उनले नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने ।

सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए । ‘कोभिडलाई नजरअन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो खतरनाक भाइरस भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ ।’

ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाकाे म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो ।

सम्बन्धित पोस्टहरू