एजेन्सी
दिल्ली,
भारतको कर्नाटकमा २ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको जनाएको छ । उनीहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको मन्त्रालयले जनाएको छ ।
दक्षिण अफ्रिकामा देखिएको भनिएको ओमिक्रोन हालसम्म जापान, साउदी अरबसहित यूरोपका १४ मुलुकमा देखा परिसकेको छ । यसको असर र हाल प्रयोगमा रहेका खोप यसमा कत्तिको प्रभावकारी हुन्छ भन्ने बारे अध्ययन भइरहेको वैज्ञानिकहरुले बताएका छन् ।विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोनको सम्भावित जोखिमबारे सतर्क गराउँदै आफ्ना १ सय ९४ सदस्य राष्ट्रलाई सावधानी अपनाउन र आवश्यक पूर्व तयारी गर्न यसअघि नै अपिल गरिसकेको छ ।