Home » Blog » वडाअध्यक्ष गुप्ताले पदभार ग्रहण गर्दै कार्यालय स्थापना गरे

वडाअध्यक्ष गुप्ताले पदभार ग्रहण गर्दै कार्यालय स्थापना गरे

अंकुश दैनिक
0 comment 4 views

वीरगंज, १६ जेष्ठ ।
वीरगंज महानगरपालिका वडा नम्बर १२ का नवनिर्वाचित वडाअध्यक्ष सुरेश गुप्ताले पदभार ग्रहण गरेका छन् । बिहिबार शपत ग्रहण गरेका वडाअध्यक्ष गुप्ताले सोमबारबाट पदभार सम्भालेका हुन ।
उनले पदभार सम्हाले लगत्तै मुर्लि १२ को वडा समितिको कार्यालय सार्वजनिक स्थानमा स्थापना गरेका छन् । पूर्व वडा अध्यक्षले बिगत ५ बर्षदेखि आफ्नै निवासबाट वडा कार्यालय सन्चालन गरिरहेका थिए । वडाअध्यक्ष गुप्ताले बिगत ५ बर्षदेखि पूर्व वडाअध्यक्षले आफ्नै निवासबाट वडा कार्यालय सन्चालन गरेको हुनाले सेवा लिने स्थानीयहरु मारमा पर्ने तथा विभिन्न समस्या समेत हुने गरेको बताएका थिए ।
वडा नम्बर १२ का वडा अध्यक्ष गुप्ताले पदभार सम्भालेकै दिनदेखि आफ्नो कार्य शुरु गरेका छन् । उनले टोलको फोहर ब्यवस्थापन, शिक्षा, स्वास्थय र बिकाश निर्माणको निम्ति आफु पछाडी नहटने बताउनु भयो । उहाले अबका दिनहरूमा वडावासिलाइ कुनै किसिमको समस्या पर्दा वडा कार्यालयमा आउन सक्ने वातावरण बनि सकेकाले वडा कार्यालयमा पुगि आफ्ना समस्या राख्न सकिने बताउनु भयो । आफु जनताको हितको निम्ति, जनताको सुख, दुखमा सधै तत्पर रहि काम गर्ने वडा अध्यक्ष गुप्ताले बताएका थिए ।
कार्यक्रममा वडासदस्य दिपक ड·ोल, रियाज अन्सारी तथा नेपाल बुद्धिजिवी परिषद पर्साका अध्यक्ष शम्भु प्रसाद गुप्ता, पुर्व सांसद बिचारी यादव, ने.क.पा एमालेका प्रभु हजरा, जय प्रकाश थारु लगायतका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.