Home » Blog » चिनी कारखाना सञ्चालन गर्ने, रगत सङ्कलन अभियान

चिनी कारखाना सञ्चालन गर्ने, रगत सङ्कलन अभियान

अंकुश दैनिक
0 comment 7 views

वीरगञ्ज, १६ जेठ :
आर्थिक वर्ष २०७९/८० को बजेटमा करिब दुई दशकदेखि बन्द रहेको पर्सास्थित वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालन गर्ने योजना समावेश भएको छ ।
वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना समेत पुन: सञ्चालन गर्ने कार्यक्रम बजेटमा समेटिएको हो । बजेटमा ति दुबै उद्योगहरुलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने जनाईएको छ । पर्सा, बारा र रौतहटका झण्डै २० हजार किसान आश्रित रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक वितिसकेको । रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ सालदेखि सञ्चालनमा ल्याएको वीरगञ्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको थियो ।
चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृषि औँजार कारखाना पनि दुइ दशकदेखि नै बन्द छ ।
त्यसैगरी पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो ।
केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ ।
अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्नाबापत रगत लिएर रगत दिने काम भइरहेको छ भने आवश्यकता अनुसार विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो । रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.