यितेन्द्र शर्मा
बंगलादेशका लागि भारतका उच्च आयुक्त बिक्रम दोराई स्वामीले भनेका छन् कि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजिदको सरकारले आतंकवादप्रतिको शुन्य सहनशिलताको नीतिको अक्षरसः पालन गर्दै आएको छ । हुनत आतंकवादी समूहहरु कही कतै पनि लुकेर आप्mनो गतिविधि चलाउने प्रयास गर्नेछन् तर बंगलादेशका प्रधानमन्त्रीको आतंकवाद विरोधी नीतिले यस सम्भावनालाइ कमजोर बनाईदिएको छ ।
भारतीय उच्च आयुक्त दोराईसामीको वक्तव्य त्यतिबेला आएको छ जब बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमिनले बंगलादेशमा कट्टरपन्थी तत्वहरुलाई ठेगान लगाई सकिएको तर केही तत्वहरु अझ पनि सक्रिय हुने प्रयास गर्न थालेका कारण यस अभियानलाई अझ बढी कठोरतापूर्वक सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
बंगलादेशका विदेशमन्त्रीको यो कथन भारतको गुवाहाटीमा आयोजित एशियाली नदीहरुको समागम सम्मेलन “नाडी कन्फ्रेन्स २०२२” मा बोल्दै उनले भने कि कट्टरपन्थी तत्वहरुमाथि लगाम लगाएकै कारण बंगलादेश अहिले आर्थिक समृद्धि एवं विकासको दिशामा अगाडी बढेको छ । कुनै कारणबस अवशेषको रुपमा रहेकाहरुको पनि चाँडै नै अन्त्य गरिने छ । बंगलादेशका विदेशमन्त्रीले ढाका र बंगलादेशको सम्बन्ध एउटा ऐतिहासिक चट्टानको रुपमा रहेको तथा आफ्नो सरकार भारतसित सुमधुर सम्बन्ध बनाउन चाहेको र भारतका अन्य प्रान्तहरुसित पनि मैत्री सम्बन्ध विकसित गर्न चाहेको बताउनु भयो । चीन हाम्रो विकास साझेदार हो तर भारतसितको सम्बन्ध चट्टानजस्तै बलियो रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री एस.जयशंकरले यस क्षेत्रमा देखिएका समस्याहरुको समाधानको निम्ति राम्रो कनेक्टिभिटी आवश्यक भएको तथा यस माध्यमबाट नै व्यापार तथा आर्थिक विकास हुन सक्ने बताउनु भयो । यस क्षेत्रका जनताको जीवनस्तर उकास्न पनि मिलेर काम गर्नु आवश्यक भएको बताउनु भयो । भारतले पूर्वोत्तरका राज्यहरु तथा पूर्वोत्तर एवं यस क्षेत्रका छिमेकी मित्र राष्ट्रहरुसित सहकार्य गरेर यस क्षेत्रमा विकास गर्ने नीति लिएको छ । असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले अतिथिहरुको स्वागत र सम्मान गर्दै भारतको पूर्वतिर काम गर्ने नीतिको केन्द्र नै असाम हुने तथा बंगलादेशसित मिलेर आर्थिक विकासको क्षेत्रमा काम गर्नु खुसीको विषय हुने बताउनु भयो । नाडी उत्सवमा ब्रह्मपुत्र, गंगा, कृष्णा, गोदावरी, काभेरी, महानन्दा, सावरमती, र यमुना लगायतका नदीलाई समावेश गरिएको छ ।
एशियाली नदीहरुको समागम सम्मेलन २०२२ मा बोल्दै उच्चायुक्त दोराई स्वामीले भारतले व्यापारिक प्रयोजनको निम्ति चट्टगाँव बन्दरगाह उपयोग गरिरहेको तथा आगामी दिनमा मोंगला बन्दरगाहको प्रयोग गर्न सक्ने विषयमा पनि सहमति भाइसकेको बताउनु भयो ।
भारत स्वतन्त्र हुनुभन्दा अघिसम्म चट्टागाँव बन्दरगाह निकै विकसित थियो । देशलाई समृद्धशाली बनाउनेमा महत्वपूर्ण भूमिकाको निर्वाह गरेको थियो । यसले बन्दरगाहले बंगलादेश मात्रै होइन त्रिपुरा, असाम, मेघालय, मणिपुर, नागालैण्ड, मिजोरमको विकासका पनि ठूलो भूमिकाको निर्वाह गरेको बताउनु भयो ।
उत्तरी बंगालको दार्जिलिङ्ग, सिक्किम र सिलिगुडीको पर्यटकीय आनन्द लिन चाहनेहरुको निम्ति चाँडै नै रेल सेवाले पनि सहयोग गर्ने विश्वास दिलाउनु भयो । भारतीय उच्चायुक्त दोराई स्वामीले भारत–बंगलादेशको विविध पक्षबारे चर्चा गर्नुभयो ।
6