Home » Blog » एक पटक फेरि प्रधानमन्त्री हुने सपना छ: प्रचण्ड

एक पटक फेरि प्रधानमन्त्री हुने सपना छ: प्रचण्ड

अंकुश दैनिक
0 comment 9 views

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताएका छन्।

नेपाल पर्वतारोहण सङ्घले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताएका हुन्। उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उनको भनाइ थियो ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको उल्लेख गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.