Home » Blog » कांग्रेसले स्थानीय चुनाव उठेकालाई संघ र प्रदेशको टिकट नदिने

कांग्रेसले स्थानीय चुनाव उठेकालाई संघ र प्रदेशको टिकट नदिने

अंकुश दैनिक
0 comments 11 views

काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुने मापदण्ड तयार गरेको छ । कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्ड तयार गरेको हो ।

मापदण्डअनुसार गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चुनाव लडेका उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने उल्लेख छ । निर्णयको ३ नम्बर बुँदाको क मा ‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ’ भनिएको छ ।

त्यस्तै बुँदा ३ को ख मा ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने’ उल्लेख छ । कांग्रेसको अबको बैठक विजयादशमीको अर्को दिन बिहान ९ बजे बस्नेछ ।

सम्बन्धित पोस्टहरू