Home » Blog » वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

Ankushdaily
0 comments 58 views
वीरगन्ज ।
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै वीरगन्जमा पछिल्लो समय भइरहेको भौतिक संरचना भत्काउने शैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सरकारी जग्गा कुनै व्यक्ति, राजनीतिक दल वा पहुँचवालाको निजी सम्पत्ति नभई आम जनताको साझा धरोहर र भावी पुस्ताको अधिकार भएको उल्लेख गर्दै उनले यसको संरक्षण हुनुपर्नेमा जोड दिए। तर, वीरगन्ज बजार क्षेत्रमा पर्याप्त समय र सूचना उपलब्ध नगराई, विस्थापनको दिगो नीति र व्यवस्थापन बिना नै डोजर चलाइएकोमा उनले कडा आपत्ति जनाएका छन्। यस अव्यवस्थित कदमले वीरगन्जको व्यापारिक मेरुदण्ड नै धराशायी भएको र कैयौँ व्यवसायी एवं सर्वसाधारण परिवार बिचल्लीमा परेको बताउँदै उनले स्थानीय निकाय र प्रशासनले पूर्वाग्रही ढंगले काम गरिरहेको आरोप लगाए। जनताको जायज गुनासोलाई बेवास्ता गर्दै चालिएका यस्ता कदम तत्काल रोकी समस्याको न्यायोचित समाधान खोज्न सांसद कानुले सभामुखमार्फत सरकारसँग माग गरेका छन्।

सम्बन्धित पोस्टहरू