Home » Blog » राजपाद्वारा बाढी पीडितको लागी राहत संकलन

राजपाद्वारा बाढी पीडितको लागी राहत संकलन

अंकुश दैनिक
0 comment 9 views

बिरगंज, साउन ।
अविरल वर्षाको कारण आएको बाढीका कारण भएका बाढी पीडितको सहयोगको लागी राष्ट्रीय जनता पार्टी नेपाल बिरगंज महानगर कमिटीले आज बिरगंजमा राहत संकलन गरेको छ । महानगर कमिटी अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा बिरगंजको माइस्थान पार्कमा राहत संकलन शिविर स्थापना गरि राहत संकलन गरेको छ । राहत संकलनमा आज करिब बतिस हजार बराबरको नगद र जिन्सि संकलन गरिएको छ । बिपिसी कलेज प्रसाशकीय अधिकृत संकल्प शाक्यले दस कार्टुन चाउचाउ,एक बोरा चिउरा,ब्द्यऋ जबलमक ले दुई बोरा चिउरा,राजपा केन्द्रिय सदस्य मुनि श्रीवास्तव नगद दुई हजार एवं यन्य ब्यक्तित्वहरुबाट नगद,चिउरा,चाउचाउ प्राप्त भएको छ ।
कार्यक्रममा पार्टीका सह–महासचिव निजामोदिन समानी,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा,मिनु ठाकुर, उषा श्रीवास्तव, मिनु ठाकुर,जिल्ला सचीव धर्मेन्द्र पटेल, नगर उपाध्यक्ष सुरेश साह कानु, युवा नेताहरू प्रकाश सरार्फ, कृष्ण गुप्ता, रिजिवी खालिद, बिथल अग्रवाल,बिकास कुसवाहा,लगायत रहेका थिए । 
अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.