Home » Blog » पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध अभद्र व्यवहारको मुद्दा, कानुनी दायरामा ल्याउन समाजवादी प्रेस संगठनको माग

पत्रकार चौरसिया माथि आक्रमण गर्ने कुशवाहा विरुद्ध अभद्र व्यवहारको मुद्दा, कानुनी दायरामा ल्याउन समाजवादी प्रेस संगठनको माग

अंकुश दैनिक
0 comment 4 views

अंकुश संवाददाता,

बिरगंज ।

दिपक चौरसियाले आफु माथि भएको आक्रमणको विरुद्धमा जय प्रकाश कुशवाहा उपर जिल्ला प्रहरी कार्यालय पर्सामा आईतबार अभद्र व्यवहारको जाहेरी दिएका छन् ।

जाहेरीमा गत २१ गते राती करिब १० बजेको समयमा उनको घर अगाडि जय प्रकाश कुशवाहा लगायतकाले आक्रमण गर्ने प्रयास गरी बेईज्जत हुने गरी आमाचकाली गाली गर्दा प्रहरीको टोली पुगी चौरसियालाई बचाउन सफल भएको उल्लेख छ । कुशवाहाले पत्रकार चौरसियाको मोबाईलमा फोन गरी धम्की दिएको अडियो रेकर्ड र अभद्र व्यवहार गरेको भिडियो फुटेज प्रमाणको रुपमा आफु संग सुरक्षित रहेको चौरसियाले बताए ।
कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको मुद्दा परे पनि हालसम्म पर्सा प्रहरीले पक्राउ गर्न नसकेको प्रति समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चौरसिया संगठन पर्साका कार्य समिति सदस्य हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.