वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ मुर्लीको नयाँ टोलमा नवनिर्मित मदर्सा भवनको पूर्व वन तथा वातावरण मन्त्री प्रदिप यादवले उद्घाटन गरेको छन् ।
नवनिर्मित मदर्सा रिजविया ईशलाउल मुस्लेमिनको भवनको सांसद यादवले शनिबार रिवन काटेर उद्घाटन गरेका हुन् ।त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पनि विशेष उपस्थिति रहेको थियो ।
सांसद यादवको संसदीय कोषको १० लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कूल २० लाख रुपैयाँको लागतमा उक्त मदर्शा भवन निर्माण गरिएको हो ।
उद्घाटनपछि भवनमै स्थानियहरुसँग छलफल गर्दै सांसद यादवले समुदायिक भवनको रुपमा समेत प्रयोग गर्न सक्ने भवनको बिजुली वत्तीको व्यवस्थापन एवं माथिको तल्लाको निर्माणमा समेत आफ्नो सहयोग एवं पहलमा गर्ने आश्वासन दिए । उनले विकासको काममा वाडाबासी एकजुट भएर अगाडी बढनु पर्नेमा जोड दिए ।
अनजुमन सदर सैयद अंसारी एवं सेकेट्री नेजामोदिन मास्टरको अध्यक्षता एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मेयर सिंह, पूर्ववडा अध्यक्ष तुफान अन्सारी, नुरआलम अन्सारी, नयाँ टोल स्पोर्ट क्लबका अध्यक्ष फारुख अन्सारी लगायतको उपस्थिती रहेको थियो ।