Home » Blog » नेपाल परिवार दलको चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रम

नेपाल परिवार दलको चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रम

अंकुश दैनिक
0 comment 7 views

वीरगंज २३ बैशाख । निर्वाचनलाई ध्यानमा राख्दै नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साले पनि आज वीरगंजमा चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज उपमहानगरपालिका वडा नं. १९ (हाल वडा नं. १६) नगवामा आयोजित चुनावी छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पर्साका अध्यक्ष पल्टन कुर्मीले आउदो जेष्ठ ३१ गते हुन लागेको स्थानिय निकायको चुनावमा आफ्नो पार्टीलाई जिताउनको लागि स्थानियबासीहरु स“ग आग्रह गर्नु भयो ।
स्थानिय उमेश पटेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जना नेता कार्यकर्ताहरु नेपाल परिवार दलमा प्रवेश गरेका थिए । स्थानिय शिवशंकर राउत कुर्मी, सिकेन्द्र साह गोढ, सोनालाल साह गोढ, अच्छेलाल पटेल, सुरेश पटेल, आदेश पटेल, कुमार पटेल, उमाकान्त प्रसाद चौरसिया, लालजी साह तुरहा, बाबुलाल राउत कुर्मी, बच्चु पटेल, कमल साह गोढ, चान्सी पटेल, मुकेश पटेल, प्रमोद पटेल, ओमनाथ साह गोढ लगायतका नवप्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष पलटन कुर्र्मीले अबिर टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.