Home » Blog » जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

अंकुश दैनिक
0 comment 8 views

चन्द्रौटा (कपिलवस्तु), २५ वैशाख । कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो ।
युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको थियो । पासीको डिजेले च्यापिएर ज्यान गएको स्थानीयले बताएका छन् ।
घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गिरीले बताउनुभयो । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.