Home » Blog » संवैधानिक परिषद् अध्यादेश: सरकारद्वारा राष्ट्रपतिसमक्ष पुनः सिफारिस

संवैधानिक परिषद् अध्यादेश: सरकारद्वारा राष्ट्रपतिसमक्ष पुनः सिफारिस

Ankushdaily
0 comment 2 views

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै एक दिनअघि मात्र फिर्ता पठाएको उक्त अध्यादेशलाई मन्त्रिपरिषद्को पछिल्लो बैठकले परिमार्जन नगरी पुनः अघि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय पुष्टि गर्दै अध्यादेशलाई राष्ट्रपतिकहाँ पठाइएको जानकारी दिएका छन्।

संवैधानिक निकायको नियुक्ति प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने भन्दै सरकारले बैठक तथा सिफारिस कार्यविधिमा सुधार गर्ने प्रावधानसहित सुरुमा यो अध्यादेश प्रमाणीकरणका लागि अघि बढाएको थियो। यद्यपि, अध्यादेशमा राखिएका गणपूरक सङ्ख्यालगायतका विषयमा असहमति जनाउँदै राष्ट्रपति पौडेलले आफ्नो पूर्ववत् अडानसहित यसलाई सरकारलाई नै फिर्ता गरिदिएका थिए। तर, मन्त्रिपरिषद्ले ती प्रावधानहरूमा कुनै परिवर्तन नगरी उक्त अध्यादेशलाई पुनः स्वीकृतिका लागि पठाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.