Home » Blog » सबै पक्ष सचेत र ट्राफिक नियमको पूर्ण पालनाले दुर्घटना न्युन गर्न सकिन्छ ः वक्ताहरु

सबै पक्ष सचेत र ट्राफिक नियमको पूर्ण पालनाले दुर्घटना न्युन गर्न सकिन्छ ः वक्ताहरु

अंकुश दैनिक
0 comment 14 views

बिजय चौहान
वीरगन्ज, १३ जेष्ठ ।  ग्रीन सिटी सामुदायि सेवा केन्द्र आदर्शनगर र ग्रीन सिटि सामुदायि प्रहरी सेवा केन्द्रले आयोजना गरेको ‘सवारी दुर्घना न्युन गर्न सरोकारवालाहरुको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि रहेका वक्ताहरुले सबै क्षेत्रले आ–आप्mनो दाइत्व इमान्दारी पुर्व निर्वाह गर्दै पुर्णतया ट्राफिक नियम पालना गरे सवारी दुर्घटनालाई हदैसम्म कम गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
सवारी साधन संचालन गर्दा यातायातकर्मीले सावधानी अपनाउनुको साथै यातायातकर्मीले ट्राफिक नियम उलंघन गरे सो सवारी साधन प्रयोग नगरी सम्बन्धित निकायलाई त्तकाल जनाकारी गराए दुर्घटनालाई कम गर्न सकिने वक्ताहरुले बिचार व्यक्त गरेका थिए ।
वीरगन्ज उपमहानगरपालिका भित्र संचालित रहेका इरिक्साको संख्या अत्याधिक भएको र सड समेत संघुरिदै गएकाले इरिक्सालाई व्यवस्थापन गर्नुको सथै मुल सडकको चौडाई बढाउन सम्बन्धित निकायले पहल गर्न वक्ताहरुले जोड दिएका थिए ।
गत जेष्ठ ८ गते वीरगन्जको महाविरस्थान चोकमा स्कुल बसको ठक्करबाट १४ वर्षीय छात्रा दिया पटवारी(अग्रवाल)को मृत्यु भएपछि घटना पुनरावृती हुन नदिन र सवारी दुर्घटना न्युन गर्न वीरगन्जमा अन्तरक्रिाय कार्यक्रम आयोजन गरिएको थिए । ग्रीन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकास खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल,अञ्चल प्रहरी कार्यालय नारायाणी वीरगन्जका प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रविन्द्र भट्टराई,वीरगन्ज उपमहानगरपालिकाका योजना प्रमुख प्रकास अमात्य, वीरगन्ज उद्योगबाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साह, पुर्व अध्यक्ष अशोक कुमार बैध, नेपाल पत्रकार महासंघ पर्सा शाखामा अध्यक्ष श्याम बन्जारा ,अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम लगायतका वक्ताहरुले वीरगन्जको मुख्य सडकलाई फराकीको र पार्की·को उचित व्यवस्थान नगरे सम्म बीरगन्जमा सवारी दुर्घटना भई रहेकाने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.