Home » Blog » बिभिन्न पार्टी त्यागी एमालेमा प्रवेश

बिभिन्न पार्टी त्यागी एमालेमा प्रवेश

अंकुश दैनिक
0 comment 5 views

बीरगन्ज, २० जेष्ठ ।  बिभिन्न पार्टी त्यागी एमालेमा २ सय भन्दा बढी नेता कार्यकर्ता शनिवार प्रवेश गरेका छन् । बीरगन्ज लक्षमनवा निवासी गगनदेव पटेलको अगुवाइमा १ सय ५० जना तथा पर्साका क्षेत्र न.४ का फोरम नेपालका सह संयोजक ब्रजेश चौहानको अगुवाईमा ५० जनाले एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेका छन् ।
बीरगन्ज महानगरपालिका वडा न. १५ मा सम्पन्न चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी, पर्सा इन्चार्ज एवं सांसद रामचन्द्र साह, सांसद विचारी यादव, एमाले पर्सा संयोजक प्रभु हजरा लगायतका टिका लगाइ स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख विश्म्भर शर्मा, महिला नेत्री प्रेमा पौडेल,नगर संयोजक उस्मान अंसारी , युवा नेता मनोज चौधरी , रामप्रसाद चौहान लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.