Home » Blog » नेपाल ट्रेड युनियन कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 8 views

वीरगंज, २३ जेष्ठ ।  नेपाल ट्रेड युनियन कांग्रेससंग सम्बन्धित नेपाली कांग्रेसको भातृसंघ संगठनहरुको अन्तरक्रिया कार्यक्रम आज माईस्थानको अतिथी सदनमा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले स्थानीय तहको निर्वाचनमा भातृसंगठनहरुलाई एकजुट भई नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन प्रयास गर्न निर्देशन दिनुभयो ।
सभापति द्विवेदीले स्थानीय तहको निर्वाचनमा भातृ संगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकोले भातृसंगठनका पदाधिकारीहरुसंग के गर्दा पार्टी र स्थानीय तहको उम्मेदवारलाई सहयोग पुग्छ राय–सुझाव दिन आग्रह गर्नु भयो । सो अवसरमा भातृ संगठनका तर्फबाट आएका पदाधिकारीहरुले आ–आफ्नो राय–सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली क“ंग्रेसकी नेतृ शान्ति कार्की, प्रकाश उपाध्याय, नेपाल ट्रेड युनियन कांग्रेसका मध्यमाञ्चल अध्यक्ष अमृतलाल जोशी, नेपाल प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी लगायत भातृसंगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.