Home » Blog » कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

अंकुश दैनिक
0 comment 25 views

काठमाडौँ, २४ जेठ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गर्नुभएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गर्नुभएको हो ।
पराजुलीले आजदेखि इजलास र पेसी तोक्ने काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.