Home » Blog » अखिल क्रान्तिकारीद्वारा रक्तदान

अखिल क्रान्तिकारीद्वारा रक्तदान

अंकुश दैनिक
0 comment 7 views

वीरगंज ।
गर्मीको समयमा बिरामीको चाप बढी हुने र रक्तसञ्चार केन्द्रमा रगतको अभाव महशुस गरी नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) पर्सा द्वारा बीरगंजको घण्टाघरमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा दुई महिला सहित बाउन्न जनाले रक्तदान गरेको बुझिएको छ ।सो रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) का पोलिटब्यूरो सदस्य बिजय महतोले उद्घाटन गर्नुभएको थियो ।
अखिल (क्रान्तिकारी) पर्साका संयोजक मित्रदेव यादवको अध्यक्षतामा आयोजना गरिएको मुस्लिम मुक्ति मोर्चाका विदेश विभाग प्रमुख रहबर अंसारी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.