Home » Blog » वडा अध्यक्ष कानु, महर्जन र मिश्रा माथि कारबाही गर्ने पर्सा कांग्रेसको तयारी

वडा अध्यक्ष कानु, महर्जन र मिश्रा माथि कारबाही गर्ने पर्सा कांग्रेसको तयारी

अंकुश दैनिक
0 comment 111 views

विरगंज ।

नेपाली कांग्रेस पर्साले पार्टीको निति विपरित कार्यमा संलग्न भएकाहरु माथी कारवाही गर्ने भएको छ। केही वडाअध्यक्ष विरुद्ध पार्टीमा उजुरी प्राप्त भएको छ। वहाँहरु माथि पार्टीले नियम बमोजिम कारबाही अगाडी बढाउने तयारीमा जुटेको नेपाली कांग्रेस पर्साका अनुशासन समितिका संयोजक रमेश पाण्डेले आईतबार अंकुशलाई बताउनुभयो।

बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज खडा गरी नागरीकता दिलाएकोले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा नेपाली काँग्रेसको क्षेत्र नं २ का सभापति मोहम्मद सहबूदिनले निवेदन दर्ता गराउनुको साथै बिभिन्न दबाब मुलक काम हरु गर्दै आएका छन् । त्यसबाट आत्तिएका र कारबाहीबाट जोगिन नागरिक समाजको नाउँमा सरकारी श्रोत साधनको दुरुपयोग गरी गाँउ-गाउँबाट भाडामा मान्छे झिकाएर केहि दिन अगाडी निकालिएको जुलुशमा वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु,वडा नं ७ का वडा अध्यक्ष हीराकाजी महर्जन र वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा ब्यानर बोकि राजेशमान सिंह जिन्दाबादको गागनभेदी नारा लगाउँदै सहभागी भएका थिए।

कांग्रेसको काँखमा बसेर काँग्रेसीलाई नै छुरा रोप्ने कांग्रेस वडा अध्यक्षहरु विरूद्ध युवा कांग्रेसीहरु हिजो शनिबार महामन्त्री गगन कुमार थापाको अगाडि कुरा उठाएपछि पर्सा कांग्रेसले अनुशासन हिन काँग्रेसी वडा अध्यक्षहरु माथि कारबाहीको डण्डा चलाउने तयारी गरेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.