Home » Blog » पर्सा प्रहरीको ठूलो सफलता,अर्बौंको अवैध कारोबार गर्ने गुप्ता जेल चलान

पर्सा प्रहरीको ठूलो सफलता,अर्बौंको अवैध कारोबार गर्ने गुप्ता जेल चलान

Ankushdaily
0 comment 2.8K views
विरगंज ।
संगठित रूपमा हुण्डीको कारोबार सञ्चालन गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पर्सा जिल्ला अदालतले वीरगन्ज महानगरपालिका–१ का ३२ वर्षीय प्रशान्त कुमार गुप्तालाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको छ। करिब साढे दुई अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोग लागेका गुप्तालाई अदालतको आदेश बमोजिम थुनामा पठाइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार अभियुक्तले भारतको रक्सौलबाट हुण्डीमार्फत अवैध रकम नेपाल भित्र्याउने र त्यसलाई विभिन्न माध्यमबाट वैध बनाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरी अनुसन्धानमा देखिएअनुसार, गुप्ताले अवैध रूपमा भित्र्याएको रकमलाई बैंकिङ प्रणालीमा प्रवेश गराउँदै विभिन्न बैंक खातामा जम्मा गर्ने गरेका थिए। उनले सो रकमको स्रोत लुकाउन र सम्पत्ति शुद्धीकरण गर्नका लागि चेक तथा फोनपे जस्ता माध्यम प्रयोग गरी अन्य व्यक्तिहरूको खातामा रकम स्थानान्तरण गर्दै ‘लेयरिङ’ गर्ने गरेको पाइएको छ। यस प्रकरणमा कुल २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय ७८ रुपैयाँ बिगो कायम गरिएको छ भने पक्राउ परेका गुप्ताविरुद्ध मात्र १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८ सय १ रुपैयाँको बिगो दाबी गरिएको छ।
गत २०८२ साल पुस १७ गते पक्राउ परेका गुप्ताको साथबाट प्रहरीले ३३ लाख ५९ हजार २ सय ५५ रुपैयाँ नगद समेत बरामद गरेको थियो। प्रहरीले अनुसन्धान पूरा गरी अदालतमा पेश गरेपछि, जिल्ला अदालत पर्साले आज माघ २८ गतेको आदेशमार्फत उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.