Home » Blog » वीरगंजमा उपेन्द्र यादवको पुतला दहन

वीरगंजमा उपेन्द्र यादवको पुतला दहन

अंकुश दैनिक
0 comment 7 views

वीरगंज, २९ माघ ।
हिन्दुवादी नेताको पहिचान बनाएका संघीय समाजवादी फोरम नेपालका कार्यकारी ज्योतीलाल कलवारको अगुवाईमा संघीय समाजवादी फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवको घण्टाघरमा पुतला दहन गरिएको छ ।
विश्व हिन्दु परिषदको ब्यानरमा आयोजित सो पुतला दहन कार्यक्रममा उपेन्द्र यादव मुर्दावादको नारा लगाउँदै पुतला दहन गरेका थिए । अंकुश दैनिकसंग कुरा गर्दै ज्योतीलाल कलवारले आफु फोरमको कार्यकारी हुनुभन्दा पहिला हिन्दु भएको भन्दै गैर हिन्दुर्लाइ २ नं. प्रदेशको मुख्यमन्त्री बनाउन लागेको उपेन्द्र यादवले अपराध गरेको बताए । यादवले निर्णय नसच्याए आफुहरुले अझ कडा आन्दोलन गर्ने भन्दै हकअधिकारको नाउँमा ६ महिना वीरगंज बन्द भयो । अब धर्मको नाउँमा ९ महिना वीरगंज बन्द हुने बताए । हिन्दु युवा संघका पूर्व महासचिव एवं संघीय समाजवादी फोरमका युवा नेता आशुतोष चतुर्वेदीले लालबाबु राउत आफ्नो मनले आफै मुख्यमन्त्री नियुक्त नभएर वहाँलाई पार्टीले सर्वसम्मत संसदीय दलको नेता चयन गरेकोले उनी मुख्यमन्त्री हुन लागेको बताउनु भयो । चतुर्वेदीले आदरणीय अध्यक्षको पुतला दहन गर्ने कार्य ठिक नभएको भन्दै जातीय राजनीतिकको भविष्य अब नभएको भन्दै हाम्रो मिश्रीत समाज भएकोले सबै मिली जुली बस्नु पर्ने बताए । ज्योतीलाल साह कलवार गत चैत्र ६ गते पोखरियामा संघीय समाजवादी फोरम पर्साद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा हालका मेयर विजय सरावगीसंगै फोरममा प्रवेश गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.