बिरगंज ।
बिरगंज महानगरपालिका २५ वडा कार्यालयले खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ ।
वडा अध्यक्ष आशुतोष चतुर्वेदीको नेतृत्वमा युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।
वडा स्तरीय बजेटबाट तिन लाख रुपैयाँ बराबरको मौजे टोल, भन्सार टोल,खलवा टोल र ड्राईपोर्ट टोलका खेलाडीहरूलाई क्रिकेट किट, ब्याडमिन्टन, क्यारम बोर्ड लगायतका सामाग्री वितरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताउनुभयो ।
वडाध्यक्ष चतुर्वेदीको वडाभित्र खेलको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
साथै प्याब्सन क्रिकेट टुर्नामेन्टमा उत्कृष्ट खेल प्रदर्शन गरे बापत अंकितकुमार पटेललाई सम्मानपत्रका साथै क्रिकेट ब्याट प्रदान गरिएको वडाध्यक्ष चतुर्वेदीले बताउनुभयो ।