बीरगंज ।
जनता समाजवादी पार्टी नेपाल पर्साको बैठक सोमबार बीरगंजमा सम्पन्न भएको छ ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको हाे।

बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री राउतले आसन्न राष्ट्रिय महाअधिवेसनलाई मध्यनजर गरी बैठक बोलाइएको बताए ।उनले महाधिवेशनलाई महापर्वको रुपमा मनाउन एवं समयसिमा भित्र क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिए।
जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बसेको बैठकमा जसपाका राजनिती समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रीय सदस्य फिरोज मंसुर, केन्द्रिय सल्लाहकार विरेन्द्र प्रसाद यादव , समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरुल होदा अन्सारी, उपाध्यक्ष अजय चौरसिया,नागेन्द्र यादव,कार्यकारिणी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, जिल्ला अध्यक्ष एजाज बाबु राँकी ,दिलखुस देवान लगायतको उपस्थिति रहेको सचिव तवरेज अहमदले बताए ।