73
वीरगन्ज ।
पत्रकार नेहाल खानको निधन भएको छ। नेपाल टेलिभिजनका पर्साको संवाददातासमेत रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।
पत्रकार खान बिगत १० महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई नारायणी अस्पतालको आइसियुमा भर्नाएका थिए । नारायणी अस्पतालमा करिब दुई महिनाको उपचारपछि उनी घरमै चिकित्सकको रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए।
उनि झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका थिए ।