45
काठमाडौं ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। गत सोमबार स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ। राष्ट्रिय सभा बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने र प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।