वीरगञ्ज ।
वीरगञ्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थापना गरेको चेकपोस्ट हटाइएको छ । सुरक्षाका लागि भन्दै मितेरी पुलमै गत असोज महिनादेखि एसएसबीले चेकपोस्ट स्थापना गरेको थियो ।
मितेरी पुलमा एसएसबीको चेकपोष्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासकोपनि ध्यानाकर्षण गगराइएको थियो । महावाणिज्य दूतावासकै अग्रसरतामा दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको र त्यसपछि मितेरी पुलबाट चेकपोष्ट हटाउन एसएसबी सहमत भएको ग्रिनसिटी आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
