28
काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । यसअघिको सत्ता गठबन्धन तोडिएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो एकै कार्यकालमा तेस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रधानमन्त्री प्रचण्डले १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे ।