138
वित्तिय साक्षरता सम्बन्धी विश्वव्यापी कार्यक्रम ‘विश्व वित्तिय सप्ताह’ (ग्लोबल मनि विक) २०२४ जारी छ । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च १८ देखि २४ सम्म विभिन्न कार्यक्रम गरी मनाइने छ । प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँ संस्करण हो ।
सन् २०१२ देखि मनाउन सुरु गरिएको यस सप्ताह १७५ वटा राष्ट्रमा मनाउन थालिएको साथै यस कार्यक्रम ४ करोड ४२ लाख बालबालिका तथा युवा माझ पुगिसकेको छ । ‘सिक, बचत गर र कमाउ’ भन्ने स्थाई नारा यस कार्यक्रमको रहेको छ ।
विरगंज ।
ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN),मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल (MBAN), नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजकमा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न गरेको छ ।
इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल रैली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले जानकारी दिनुभयो ।
फाइनेंसियल रैली घण्टाघरदेखि माइस्थान मन्दिरसम्म २०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा गरिएको र सो रैली माइस्थान मन्दिरमा आएर शक्तिशाली सडक नाटकमा परिणत भएको थियो । सडक नाटकको उद्घाटन भारतीय राजदूतावास वीरगन्जका कन्सुल (पीसीएस) शैलेन्द्र कुमारले गर्नुभएको थियो ।

त्यस्तै दोस्रो दिनमा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरिएको थियो र सो क्विज प्रतियोगितामा मधेस प्रदेशका ३५ कलेज सहभागी रहेकोमा विरगंज पब्लिक कलेज प्रथम,हरि खेतान क्याम्पस र ठाकुरराम क्याम्पस क्रमशः उपविजेता र तेस्रो स्थान हासिल गरेको थियो ।

