बिरगंज ।
पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।
आइतबार बसेको निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको हो । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै सुर्खेत र दाङमा १७४ रुपैयाँ र झापा, मोरङ, धनुषा, बारा, भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको नयाँ मूल्य १७२ रुपैयाँ ५० पैसा कायम भएको छ ।
