अंकुश संवाददाता,
बिरगंज ।
बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धोबनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका ३० वर्षीय सुजित राउत कुर्मी रहेका छन् ।
उनलाई अदालतले बैकिङ कसुर मुद्दामा कैद तथा जरिवाना हुने फैसला गरेको छ । अदालतले कुर्मीलाईै कसुरदार ठहर गर्दै तीन दिन कैद र २५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले लुकीछिपी बस्दै गरेको अवस्थामा कुर्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । पक्राउ परेका कुर्मीलाई थप कारबाहीको लागि अदालतमा बुझाइएको पर्सा प्रहरीको भनाइ छ ।