Home » Blog » प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने तीन दलको निर्णय

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने तीन दलको निर्णय

Ankushdaily
0 comment 30 views
बिरगंज ।
प्रतिपक्षी तीन दलले आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूबीचको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 
विपक्षमा मतदान गर्ने निर्णय भएको छ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने । प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि ओलीले प्रधानमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् । ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.