Home » Blog » पदको लागि उपेन्द्र यादव कचौरा लिएर भिख माग्दै हिँडिरहेको मन्त्री यादवको आरोप

पदको लागि उपेन्द्र यादव कचौरा लिएर भिख माग्दै हिँडिरहेको मन्त्री यादवको आरोप

Ankushdaily
0 comment 161 views
बिरगंज ।
खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कचौरा लिएर पदको भिख माग्दैं हिडीरहेको आरोप लगाएका छन् ।
हिजो प्राइम टेलिभिजनलाई अन्तरवार्ता दिंदै उनले विकास निर्माणको योजना बेचेर दलालहरु मार्फत पैसा उठाएर संघियतालाई बदनाम गराउने ठगहरुलाई न केन्द्रमा ठाउँ छ न प्रदेशमा भन्दै आफ्नो पार्टी कुनै पार्टीमा विलय हुनको लागि नबनेको बताउनुभयो ।
जल बिना माछा बाँच्न नसक्ने जस्तो गरी उपेन्द्र यादव सत्ता बिना बाँच्न नसक्ने प्राणी भएको चर्चा गर्दै उनले पार्टी होईन प्राइभेट लिमिटेड कम्पनी चलाएको आरोप लगाउनु भयो।
यो डबल इन्जिनको सरकारले जनताको अनुहारमा खुसियाली ल्याउन बनेको भन्दै यो सरकारलाई सबैले सहयोग गर्नु पर्ने मन्त्री यादवले चर्चा गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.