1.2K
(स्तम्भकार कुमार रुपाखेती)
काठमाडौँ महानगरका मेयर बालेन साहले सत्य तथ्यमा आधारित रहेर प्रधानमन्त्री के.पि ओलिलाई नै पुड़को साबित गर्दै, स्याबासी कमाउदैँ आएका छन् । ७७ वटै जिल्लामा बालेनलाई नचिन्ने कोहि छैनन् । मन्त्री, प्रधानमन्त्री भन्दा अचेल नेपालमा बालेनकै ख्याति अधिक छ। अस्ती अमेरिकामा बालेनको सर्मथकहरुले कालो झन्डा सहित विरोध जनाउने भएपछि ओलिले अमेरिकामा नेपाली समाज सित भेटघाट गर्ने कार्यक्रम नै रद्द गर्नुपर्यो ।
पर्सेली राजनितिमा राजेशमान प्रवृत्तिलाई `छुचुन्द्रो´ प्रवृत्ति भनिन्छ । सानो समयमा नै उनि कांग्रेस, लोसपा, नेकपा एमाले, ज.स.पा नेपाल, अशोक राई सम्म चहारेर घाट घाटको पानी पिई सके । वर्तमानमा उनको ज.स.पा. को जगहसाई जगजाहेर छ।
एउटा महानगरको मेयरको विदेश सम्म प्रभाव छ भने अर्का तिर हाम्रो विरगंजेली मेयर राजेशमान सिंहको हविगत हेर्नुस । थर सिंह भएपनि स्याल जस्तो काम गर्न माहिर छन् । “काम नपाएकि बुहारी पाडाको कन्डो कन्याउ” भनेझै अचेल पर्सेलि पत्रकार विरुद्ध विषवमन गैर्दछन् । सक्रिय पर्सेलि पत्रकार भनि सम्मानित, पुरस्कृत गरेका प्रताप श्रेष्ठ र युवा पत्रकार जियालाल साहलाई हाम्रा मेयर साहेबले अदालतमा मुद्दा दायर गरी पुरुषार्थ देखाएका छन् ।
कहिले शिक्षक, कहिले कर्मचारी त कहिले पत्रकारहरूसँग मेयरसाबले “आ बैल मुझे मार” गरिरहन्छन् । महानगरवासिका अनुसार पत्रकारलाई मुद्दा गर्नुको राजेश मानको पंचे पारा हो । पंचायत कालमा सत्य तथ्य लेख्नेहरुलाई यसै गरी हायल कायल गर्दथे । यहि पत्रकारहरुले नै तानासाही पंचायति व्यवस्था ढालेको भुस्कौल मेयर सिंहलाई थाहा छ कि छैन ।
भन्नेहरु त यस्तो झुठो मुद्दा मामिला सम्बन्धी कार्यलाई बचकाना हर्कत पनि भन्दछन । शिक्षक, पत्रकार र कर्मचारीहरूलाई बौद्धिक, शिक्षित र चेतनशिल समाज भनिन्छ। अनि विरगंजका मेयरले किन यो अरिङ्गालको खोतमा किन ढुङ्गा हानिरहन्छन् । कतै नपाउनेले केरा पायो, बोक्रा समेत खायोवाला किस्सा त होईन ?
पर्सेली राजनितिमा राजेशमान प्रवृत्तिलाई `छुचुन्द्रो´ प्रवृत्ति भनिन्छ । सानो समयमा नै उनि कांग्रेस, लोसपा, नेकपा एमाले, ज.स.पा नेपाल, अशोक राई सम्म चहारेर घाट घाटको पानी पिई सके । वर्तमानमा उनको ज.स.पा. को जगहसाई जगजाहेर छ। अब काँग्रेस र ज.स.पा.नेपालमा उन्ले ईण्ट्री नपाउने पक्का पक्की छ। एमालेमा पनि विजय सरावगीले प्रवेश निषेध गरेका छन् । उन्का पुराना गुरू विमल श्रीवास्तवको स्वतन्त्र समुह समेत अस्तीत्वमा छैन ।
मेयर साबको चरित्र र कमल थापाको रा.प्र.पा. को स्वभाव चाहिँ मिल्दो जुल्दो छ। छुचुन्द्रो एउटा दुलोमा बस्दैन, दुलो पनि बनाउन सक्दैन । मुसाले बनाएको दुलोमा पसेर हल्ली खल्लि चाँहि गर्छ ।
राजेश मानको काकाकी छोरी (राजेश मानकी बहिनी) रंजु अमेरिका बस्छीन । राजेशमान पटक पटक विवादमा पर्न थाले पछि उन्की बहिनीले अमेरिकाबाट फोन गरेर “राजेश दाईको के भएको भनेर मलाई सोधिन ?” मैलेको राजेश दाई राजेश हमाल भनेर सोधे, उन्ले होईन मेरो दाई राजेशमान वीरगंजको मेयर भनिन् । मैले भने सबैसँग पटक पटक विवाद गरी रहने भएकाले सबैले अचेल तपाईको दाईलाई पटके भन्छन भनेर बुझाईदिए । सत्य तथ्य बुझेर समाचार पस्कीन जीयालाल र प्रताप श्रेष्ठ माहिर मानिन्छन । सत्य तथ्य लेख्न पत्रकारीताको मर्म र पत्रकारको घर्म र कर्म पनि हो। आफ्नो कुत्सीत स्वार्थपूर्तिका खातिर पत्रकारलाई हतोत्साहित गर्नु भनेको समाजलाई अन्धकारमा राख्नु र धोका दिनु जस्तै हो ।
राजेशमान मेयर भएपछि उन्को गलत कार्यशैलीले गर्दा पटक पटक विवादमा आएको, अख्तियार र अदालत धाएको, नेताहरूको दरबार चहारेको, अनियमितता भएको दिनको घाम झै छर्लङ्ग छ। सबैलाई थाहै छ भगवानके घरमे देर है, अंधेर नहि । विरगंज महानगरलाई राजेशमानको “टका सेर भाजा, टका सेर खाजा” नितिबाट जोगाउनु सबै चेतनशिल नगरवासीको दायित्व हो । प्रताप श्रेष्ठ र जियालाल प्रति हामी जस्ताको सदभाव सदा रहि रहने छ ।
त्यसैले त लाज मान्दै पनि भन्नुपर्छ – वाह वाह वालेन,छ्या छ्या राजेशमान ।
— अंकुश दैनिक पत्रिकाबाट साभार