Home » Blog » काजाकस्तानमा ६७ जना यात्रु बोकेको अजरबैजानको विमान दुर्घटना

काजाकस्तानमा ६७ जना यात्रु बोकेको अजरबैजानको विमान दुर्घटना

Ankushdaily
0 comment 4 views
एजेन्सी ।
कजाकिस्तानको अकताउ सहरमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा केही हताहत भएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको काजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ ।
विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै जानकारी नआएकाे बताइएकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.