Home » Blog » दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

Ankushdaily
0 comment 6 views
एजेन्सी ।
महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।
निलम्बित राष्ट्रपति योलका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि उनको घरबाहिर जम्मा भएका थिए। समर्थकहरूले योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरेका थिए।
प्रहरीले यसअघि पनि योललाई पक्राउ गर्ने प्रयास गरेको थियो। प्रहरी पक्राउ गर्न गए पनि योलले आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए। आज पक्राउपछि राष्ट्रपति योलले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।
योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए। तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो। महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए। तर उनलाई राष्ट्रपति पदबाट बर्खास्तै गर्ने वा पछि पुनर्बहाली गर्ने भन्ने विषयमा त्यहाँको संवैधानिक अदालतले मंगलबार मात्र सुनुवाइ सुरु गरेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.