145
वीरगञ्ज ।
आफ्नै छोरीमाथि बलात्कार गरी त्यसको भिडियो खिचेर गुगल ड्राइभमा राख्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
इन्टरनेटको माध्यम प्रयोग गरी गुगल ड्राइभमा बाल यौन शोषण सामग्री (Child Sexual Abuse Materials – CSAM) राखेको सूचनाको आधारमा आफ्नै छोरीमाथि बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
National Center for Missing & Exploited Children (NCMEC) बाट प्राप्त Cyber Tipline Report 207962886 को आधारमा साइबर ब्युरो काठमाडौं भोटाहिटीले प्राप्त सूचना अनुसार, ९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१ मोबाइल नम्बर र जिमेल खाताको प्रयोग गरी बाल यौन शोषण सामग्री गुगल ड्राइभमा अपलोड गरिएको पाइएको थियो।
विस्तृत अनुसन्धान गर्दै जाँदा, जिल्ला ३४ छपकैया (प) २०८१/०८२ (नाम थर परिवर्तन) ले आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियोसमेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
यस घटनासँग सम्बन्धित प्रमाणसहित साइबर ब्युरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८१ साल चैत २२ गते दिउँसो ३:०० बजे उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याएको हो।
पक्राउ परेका व्यक्तिविरुद्ध बलात्कार सम्बन्धी कसूर तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिएका छन्।
