Home » Blog » छोरीमाथि बलात्कार गरी भिडियो गुगल ड्राइभमा राख्ने बुवा पक्राउ

छोरीमाथि बलात्कार गरी भिडियो गुगल ड्राइभमा राख्ने बुवा पक्राउ

Ankushdaily
0 comment 130 views
वीरगञ्ज ।
आफ्नै छोरीमाथि बलात्कार गरी त्यसको भिडियो खिचेर गुगल ड्राइभमा राख्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
इन्टरनेटको माध्यम प्रयोग गरी गुगल ड्राइभमा बाल यौन शोषण सामग्री (Child Sexual Abuse Materials – CSAM) राखेको सूचनाको आधारमा आफ्नै छोरीमाथि बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
National Center for Missing & Exploited Children (NCMEC) बाट प्राप्त Cyber Tipline Report 207962886 को आधारमा साइबर ब्युरो काठमाडौं भोटाहिटीले प्राप्त सूचना अनुसार, ९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१ मोबाइल नम्बर र जिमेल खाताको प्रयोग गरी बाल यौन शोषण सामग्री गुगल ड्राइभमा अपलोड गरिएको पाइएको थियो।
विस्तृत अनुसन्धान गर्दै जाँदा, जिल्ला ३४ छपकैया (प) २०८१/०८२ (नाम थर परिवर्तन) ले आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियोसमेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
यस घटनासँग सम्बन्धित प्रमाणसहित साइबर ब्युरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८१ साल चैत २२ गते दिउँसो ३:०० बजे उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याएको हो।
पक्राउ परेका व्यक्तिविरुद्ध बलात्कार सम्बन्धी कसूर तथा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.