Home » Blog » अनियन्त्रित गाडी भीरमा खस्दा १४ जना घाइते

अनियन्त्रित गाडी भीरमा खस्दा १४ जना घाइते

Ankushdaily
0 comment 11 views
काठमाडौँ।
मकवानपुरको भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मंगलबार दिउँसो १ बजेतिर भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।‍ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको बिङ्कर गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रूखमा अड्किएको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैसे तथा सिमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्तै उद्दार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल पठाएको छ।
गाडीमा चालकसहित जम्मा १४ जना सवार थिए। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.