Home » Blog » ऊर्जामन्त्री खड्का र युएईका मन्त्रीबीच भेट, ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना प्रबल

ऊर्जामन्त्री खड्का र युएईका मन्त्रीबीच भेट, ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना प्रबल

Ankushdaily
0 comment 8 views
काठमाडौं, ६ जेठ –
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप मजबुत बनेको छ। सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका युएईका ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालासँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले शिष्टाचार भेट गर्नु भएको हो।
भेटका क्रममा मन्त्री खड्काले नेपालको जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा यूएईसँग सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै, स्वच्छ ऊर्जा उत्पादनमा यूएईलाई रणनीतिक साझेदारका रूपमा स्वागत गर्न नेपाल इच्छुक रहेको बताउनु भयो। उनले हाल भारत र बङ्गलादेशसँग भइरहेको विद्युत् व्यापारको विस्तारसहित क्षेत्रीय ऊर्जा समन्वयमा यूएईको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
युएई मन्त्री बलालाले नेपालको ऊर्जा क्षेत्रमा यूएईको गहिरो चासो रहेको स्पष्ट पार्दै, जलविद्युत्, सौर्य ऊर्जा, ब्याट्री ऊर्जा भण्डारण प्रणाली र प्रसारण लाइनजस्ता क्षेत्रमा लगानीको सम्भावना रहेको बताए। उनले स्वच्छ ऊर्जा प्रवर्द्धनमा यूएई सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
भेटवार्ताले दुई देशबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने र ऊर्जा क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारीको दिशा तय गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.