Home » Blog » लाहुरे भन्दा सुटकेश ठुलो

लाहुरे भन्दा सुटकेश ठुलो

Ankushdaily
0 comment 211 views

(स्तम्भकार कुमार रुपाखेती)

खाली भए तापनि लाहुरबाट कागाएर आउने लाहुरेले लोकलाज बचाउन ठूला ठूला सुटकेश (बाकस) बोकेर घर आउँछन्। लाहुरेको ती महँगा ठूला सुटकेश सस्ता, बजारिया सामानले लबालब भरिएको हुन्छ। वीरगंज महानगरपालिकाको रवैया त लाहुरेको खाली सुटकेशभन्दा बदतर देखिन्छ। लामो समयदेखि नगरपालिकाले कर्मचारीहरूलाई नियमित तलब भत्ता वितरण गर्न सकेको छैन, रिटायर्ड भएका कर्मचारीहरूले पाउने सुविधा रकम भुक्तान गर्न असमर्थ छ र ठेकेदार तथा बजारको भुक्तानी रोकेर तमाशा देखाएको छ। ‘नाम बड़े और दर्शन छोटे’ भन्ने उखान यही रहेछ। “धाकभन्दा चक्कु उल्टो हिँड्दा खेरि खुट्टा लुलो” स्तरमा वीरगंज महानगरपालिकाले फलाक प्रदर्शन गरेर जगहँसाइ गरेको छ। समयमा तलब नपाउँदा कर्मचारीले लगनले काम नगर्दा महानगरमा सेवाग्राहीले दुःख पाएका छन्। सेवाग्राहीको काम गर्नुभन्दा कर्मचारीहरू तलब नपाएको दुःख सुनाउँदै समय काट्न विवश छन्। ‘लाहुरेभन्दा सुटकेश ठुलो’ देखाएर महानगर चल्दैन।
संक्षेपमा भन्ने हो भने वीरगंज महानगरको चक्का जाम छ। लुट ल्याए कुट खाएँ स्तरमा कुनै पालिका चलेको छ र? अब असार आउँदैछ। सालतमामीको महिना, बर्षातको मौसम, अब शायद वीरगंज महानगरपालिकाले कामको तामझाम गरेर झवाम नीति अवलम्बन गर्छ होला। वीरगंज महानगरपालिकाको वडा नं ५ मा त ठोस कुनै काम नै हुँदैन, झाडातिरुवा काम गरेर गोजी भरिन्छ। “सैयाँ भए कोतवाल, तब अब डर कहाँ को?” साँच्चै राजेशमानको सैयागिरीले यहाँ छुटभैयाँले लुट मच्चाएको छ। होली, छठ र अशक्तहरूको रकम समेत यहाँ झवाम गरिन्छ। वीरगंज महानगरमा पैसाको लागि नंगानाच हुँदा समेत सरकारी अनुगमनकारी निकाय मौन हुँदा निकै छक्का पञ्जा हुने गरेको छ। महानगरपालिकामा सेवाग्राहीको काममा ढिलासुस्ती भए पनि जनप्रतिनिधिहरूको एसी गाडी, मोटरसाइकल घडल्ले चलेकै छ। खाडी मुलुकझैँ महानगरपालिकाले तेल खर्च गरेकै छ।
चलनचल्तीका कर्मचारीले मौजमस्ती गरेकै छन्। मेयरले करारमा भर्ना गरेको पूर्व कर्मचारीहरूले जनप्रतिनिधि र कर्मचारीहरूलाई तह लगाएको अचम्मको दृश्य समेत यहाँ प्रदर्शन भैरहन्छ।
लाहुरेभन्दा सुटकेश ठुलो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.