Home » Blog » इरानको आणविक पूर्वाधारमाथि इजरायलको आक्रमण, रिभोलुसनरी गार्डका प्रमुख सालामीको मृत्यु

इरानको आणविक पूर्वाधारमाथि इजरायलको आक्रमण, रिभोलुसनरी गार्डका प्रमुख सालामीको मृत्यु

Ankushdaily
0 comment 11 views
तेहरान ।
इजरायलले शुक्रबार बिहान इरानमाथि एकपछि अर्को गर्दै भीषण हवाई आक्रमण गर्दै इरानी आणविक कार्यक्रमसँग सम्बन्धित स्थानहरूमा निशाना साधेको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार, इरानको प्रभावशाली सुरक्षा निकाय इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (IRGC) का कमाण्डर-इन-चीफ होसेन सालामी आक्रमणमा मारिएका छन्।
इजरायली रक्षा मन्त्री इस्राएल काट्जले राष्ट्रमा आपतकाल घोषणा गर्दै नागरिकहरूलाई “निकट भविष्यमा मिसाइल तथा ड्रोन आक्रमणको उच्च जोखिम” रहेको चेतावनी दिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणबारे वक्तव्य दिँदै भने, “यो अपरेशन तबसम्म जारी रहनेछ, जबसम्म इजरायलमाथिको खतरा पूर्ण रूपमा अन्त्य हुँदैन।”
इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरू हालका लागि रद्द गरिएका छन्।
इजरायली आक्रमणमा राजधानी तेहरानमा धेरै मानिसहरूको मृत्यु भएको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.