Home » Blog » `बा´ पछि `आमा´को शासन

`बा´ पछि `आमा´को शासन

Ankushdaily
0 comment 54 views

(स्तम्भकार कुमार रुपाखेती)

ओलीलाई पुकार्दै धेरैले `बा´सम्बोधन गर्थे। ओली`बा´ को निरंकुश सोचले एमाले, विपक्षी र जनता पीडित थिए। `बा´लाई सधैं नै सत्ता, कुर्सी र सरकारको सेरोफेरोमा बस्न रमाउँथे। कुर्सीका लागि उनले जेनजीको आन्दोलनमा कलिला बालबालिकाको निर्मम हत्या गराए, संविधानको खिल्ली उडाए, चारैतिर निरंकुश तानाशाह झै उपस्थित भए । अस्ती देखि `बा´ को पतन भयो। दर्जनौँको हत्या अभियोग लागेका `बा´ अहिले कुनै दुलोमा लुकेका छन् थाहा छैन। तर उनलाई दुलोबाट झिकेर कठघरामा उभ्याउन जेनजी सक्रिय छन्।
`बा´ को पतनपछि नेपालमा `आमा´को उदय भएको छ । सुशीला कर्कीलाई धेरैले `आमा´ भनेको सुनियो । तर ओली `बा´ सुसिला `आमा´ बीच आकाश–पातालको फरक छ । न्याय क्षेत्र र न्याय सम्पादनको कार्यमा सुशीलाको उचाइ बढेको देखिन्छ । कार्की सदा नै ओली–मार्का नेताको भ्रष्टाचार र लुटतन्त्रको विरोधी थिइन । प्रधानमन्त्री आफ्नो चाहनाले नभइ जेनजीले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको सबैलाई थाहा छ । आमा सरकार प्रमुख भएपछि ओली, देउवा, प्रचण्डहरू दुलोमा लुकेर पर्दा पछाडिबाट कराउन थालेको तथा अहिलेदेखि नै अैय्या–आथ्थु गर्न थालेका छन् । `झर्ला र खाँउला´ भनी बसेका देउवाको त झन् बेहाल छ । ओली `बा´को शासन र सरकारको साक्षी बसेका उन्ले ओलीको कुकर्मको फल भोगे । `खाना पिउने राम चोट पाउने श्याम´ बने देउवा । ठूलो र दर्जनौँको नरसंहारपछि, `खोपिका देउता´ बनेका ओलीलाई कानूनसम्मत दण्ड दिनु आमाको पहिलो प्राथमिकता हुन्छ । देशलाई खोक्रो पार्ने, जनतालाई दर दरको ठोकर खुवाउने, मनपर्दी गर्ने, कानून नमान्ने र वितण्डा मच्चाउने तथा होनहार युवाहरूमा अन्धाधुन्ध गोली चलाउने ओलीलाई पानी माथिको ओभानो बनाउने दुष्प्रयास कहीं कतैबाट हुनुहुँदैन । संसद विघटन भएपछि भ्रष्टचारी नेताहरू स्याल हुँईया गर्न थालेका छन् ।
अमेरिका, भारतलगायतले सुशीलाको सर्मथन र सफल कार्यकालको शुभकामना दिइसकेका छन् । सुशीलाको साहसको दुहाइ दिने ठुलो जमात मुलुकमै छ । विषम परिस्थितिमा सरकारको कमान सम्हालेकी सुशीलालाई मन, वचन र कर्मले एकजुट भएर साथ दिनु, सफल बनाउनू सबैको दायित्व हो । सुशीला कार्की राजनीतिक परिवारकी सदस्य हुन् । भ्रष्टाचारीहरूलाई चुनी चुनी तह लगाउने क्षमता छ उनमा । यस्ता विभिन्न विशेषताका कारणहरूले नै उनी जेनजीको पहिलो रोजाइमा परेकी हुन् । भ्रष्टाचारीहरूको दोहलो काट्न उनी एक्लै काफि छिन् झन अहिले उनको समर्थनमा मुलुक नै छ ।
तर जेनजीको आन्दोलन उल्टापाल्टा हिँड्दा सरकारी सम्पत्ति र व्यक्तिगत सम्पतिको ठूलो नोक्सान भएको छ, जसको भरपाई हुन कठिन छ । घुसपैठिया र लुटेराहरूले कतिपय क्षेत्रमा उत्पात र आतंक नै मच्चाए । कतिपयले माओवादी स्टाईलमा रिस खिस र बदला लिए, अराजक तत्वलाई उचालेर आन्दोलनमा मिसिएर मनपर्दो गर्दै जेनजीको आन्दोलनमा दाग–धब्बा लगाउने दुष्प्रयास गरे । जेनजी आन्दोलनका समर्थक पूर्व मुख्यमन्त्रीको घर, गाडी जलाउन मान्छेहरु परिचालित भए। मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको घर लुटपाटमा जेनजी थिएनन्, जेनजीको नाममा लुटेराहरू थिए । त्यस्तै वीरगञ्ज महानगरमै अजयकुमार  चौरसिया, अनिल रुँगटा, राजकुमार गुप्ता र राजेशमान सिंहको घर र निवासमा पनि आक्रमण भयो । आगो लगाउनु, लुटपाट र तोडफोड गर्नु जेनजीको उद्देश्य होइन । घण्टाघर नजिक रहेको नेपाल टेलिकम, राजस्व कार्यालय, वीरगञ्ज महानगरपालिकामा समेत आतंककारी गतिविधि गर्नेहरूको बोलबाला रह्यो । स्थानिय प्रशासन रमिते बन्यो। प्रदीप यादव, अजय कुमार चौरसिया त्यतिबेला बहालवाला मन्त्री थिए भने राजेशमान मेयर हुन ।
लौट के बुद्धू घरको आए भनेझै काँग्रेस, एमाले र माओवादीले आफ्नो बुद्धि फिरोस । रवि लामिछाने फर्केर आफैँ जेल गए जस्तै ठूला दलले आफ्नो गल्ती स्वीकारेर जनतामा आओस । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्कोको समेत भत्काउँछ भन्ने नीति त्यागोस् ।
सत्ता र शासन बाँपैती होइन भन्ने चेतना भया । ओलीबाको उज्जवल भविष्यको कामना गर्दछु ???? बा पछि आमाको शासन, हाहाहाहा ।
प्रचण्ड, ओली हत्यारा र भ्रष्टाचारीका पितामह हुन भने देउवा यिन्का सहकर्मी ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.