Home » Blog » “मैं करूँ तो … कैरेक्टर ढीला, तुम करो तो रासलिला”

“मैं करूँ तो … कैरेक्टर ढीला, तुम करो तो रासलिला”

Ankushdaily
0 comment 50 views

(स्तम्भकार कुमार रुपाखेती)

जेनजी आन्दोलन‌ले नेपालको सत्तापलट गरेको, शासन नै उल्टाईदिएको सत्य तथ्य भएपनि काँग्रेस, एमाले, माओवादी नेतृत्व र तिनका आसेपासेहरु यो कुरा मान्न तयार छैनन् ।
किनकी आफुमाथि दुर्व्यवहार भएको, निजि घर सम्पति जलाएको,लुटिएको, पिटिएको कुरा गर्दै सहानुभुति प्राप्त गर्ने कुचेष्टा(दुष्प्रयास) गरिरहेको देखिन्छ । ओलि, देउवा, प्रचण्ड‌ह‌रूले यस्तो भ्रामक प्रचारकालागि आफ्नो हनुमानह‌रूको टोलि नै जिल्ला जिल्लामा खटाए‌को देखिन्छ । सबैलाई थाहै छ युवाहरुको आन्दोलन‌ले बुढाखाडा नेताहरू, भ्रष्टाचारीहरुलाई पाखा लगाई सकेको अवस्थामा आफ्नो कुर्सि र ज्यान जोगाउन यि रिटायर्ड उमेरका नेताहरुले आफ्ना आसेपासे कार्यकर्ताहरूलाई “बुढा नेताको आवश्यकता” वारे प्रशिक्षण नै दिन थालेको चर्चा छ। अस्ती एउटा टेलिभिजन‌मा अन्तवार्ता दिदै विरगंजका पुराना एमाले कार्यकती प्रा. विजय सिलवालले – “ओलि मर्ने बेलामा आर्यघाटमा पार्टि अध्यक्ष र प्रधानमन्त्रीको कुर्सी समेत पठाई दिनुपर्छ” भनेर उपहास गरे।
आफ्नै पार्टिका पुराना कार्यकर्ता समेतले यस्तो टिप्पणी गर्दा समेत यिन्लाई लाज नै छैन । अझ अगाडी बढ्‌दै विजय सिलवालले भनेका छन् -” बालबालिकाको टाउको र छातिमा ताकि ताकि गोलि हान्न लगाउने ओलि र देउवालाई” पहिला थुन, अनि सुन” गर्नु पर्छ रे । लुटपिट, कुटपिट र आगजनि अपराध हो । अनि भदौं २३ गते युवाहरूको क्रूरतापूर्वक हत्या गर्नु महाअपराध होईन र ? जथाभावि गोलि चलाई हत्या नगरेको भए भदौं २४ गतको लुटपाट र आगजनी नै हुने थिएन ।
२०४६ र २०६२ को आन्दोलनमा एमाले, काँग्रेस, माओवादीले जे गरे त्यही घटना युवाहरूले दोहोर्‍याए । माओवादीले विद्रोहको नाममा प्रहरी चौकी र सेनाको ब्यारेकमा आक्रमण गर्ने , शिक्षक र निर्दोष जनतालाई “सुराकी” भनेर हत्या गरेको होइन र ? एमालेले सामन्ती उन्मुलन भन्दै झापामा नेपालीको टाउको काटेको होइन र ? काँग्रेसले सात सालमा मुलुकमा लुटपाट र आगजनी नगरेको हो र ? हवाई जहाज हाइज्याक (अपहरण)  गरेर नेपाल राष्ट्र बैंकको बतिस लाख लुटिएको होइन र ?
आफूहरुले हिंसा,हत्या गर्दा क्रान्ति, आन्दोलन, विद्रोह नानाथरी तगमा लगाउने । अनि अहिले फेरि जथाभावी शासन गर्ने भ्रष्टाचार गर्ने, संविधान उलंघन गर्ने, निहत्था दर्जनौ युवाहरूको हत्या गर्ने आचरण नसुधार्ने । सरकारी र निजी सम्पत्ति बचाउन नसक्ने ओलि, देउवाजस्ता नेताहरू नै अभियुक्त हुन । सत्तामा आफुमा बस्ने, शान्ति–सुरक्षा दिन नसक्ने, आफै ज्यान बचाउँदै लुक्दै , ओत लाग्दै हिड्ने अनि अराजकता फैलाई दिने एमाले र काँग्रेस नै दोषि हुन । अर्को गजबको कुरा के छ भने जेनजी आन्दोलनलाई जायज भन्ने आफ्ना कार्यकर्ताहरूलाई समेत ओलि, देउवा, प्रचण्डहरूले पाता फर्काउन थालेको, कडा कारबाही गर्ने तयारीमा छन् ।
यो कुन लोकतन्त्र हो भाई, जहाँ जायज कुरालाई जायजको संज्ञा दिंदा कारबाहीको धम्की दिइन्छ ? नेताहरूमा अझै लोकतन्त्र र गणतन्त्रको सम्मान छैन भन्ने सत्य तथ्य हो यो । “मैं करूँ तो … कैरेक्टर ढीला है, तुम करो तो  रासलिला” भनेको यही हो । चिन्ताको विषय के हो भने युवाहरूको त्याग र बलिदानलाई चुनौती दिँदै जेष्ठ नागरिक उमेरका नेताहरूमा झनै सत्तालिप्सा र कुर्सीमोह जागेको छ । भनिन्छ युवाहरूको ओलि,देउवाको सरकारले जसरी क्रूर हत्या गरेको छ, त्यसको प्रतिकार गर्न महिलाहरू र आमाहरू बिराँगना भएर छोराछोरीको रगतको हिसाब-किताब माग्न उतारू छन् ।
युवाका साथ साथ आमा पनि जाग्ने अवस्थामा नेताहरू उग्र होइन सावधान,होसियार बन्न जरुरी छ। त्रित्राको मुखै बैरि ।
महामानव वि.पि कोइराला नभए पनि कांग्रेस चलेकै छ, मदन भण्डारी नभए पनि एमाले जीवित नै छ, मोहन वैद्य किरण नभए पनि माओवादी जिन्दा छ भने ओली, प्रचण्ड, देउवा नभए पनि तिन्का पार्टी चल्छ नै ।
ओलि नभए एमाले रहँदैन भन्ने भाष्य स्वंय ओलिले आफ्नो सुरक्षा कवचका लागि बनाएको हो, यसैगरी काँग्रेसमा देउवाले र माओवादीमा प्रचण्डले हालिमुहालि कायम राख्न यस्तै हल्ला चलाएका छन् । यी तीन जनालाई पार्टी बाट खेदने हो भने एमाले, काँग्रेस र माओवादीको रौनक बढ्ने र जनताको नजिक पुग्ने पक्कापक्कि छ। त्यस्तै, पार्टीले विदाइ दिने वित्तिकै यि तिन कता लुक्ने-छिप्ने हो दैव नै जानुन ।
जेनजीको आन्दोलनलाई म उन्मत्त सिंह र बुद्धिमान खरायोसँग तुलना गर्छु। बुद्धि जस्को छ बल उस्कै हुन्छ, बुद्धि नभए बल कसरी हुनु ? वन जंगलको उन्मत्त सिंहलाई खरायोले मारिदियो । क कसको मगजमा यो कथा घुस्यो, मलाई थाहा भएन। सिंहलाई मारे पनि बिचरा खरायो बनको राजा भएन नि । तुझे मिर्ची लगि तो मै क्या कँरु ? … पाठकहरूलाई एउटा वास्तविक सत्य कुरा बताइदिनु । देउवा, ओली, प्रचण्डहरू अचेल सकेसम्म कोठा घर बाहिर ननिस्किने र जरुरी पर्दा लावालस्कर सहित निस्किने । चोरको खुट्टा काट … भनेको यही हो, दोस्त ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.