Home » Blog » विश्वकप लिग-२: नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप लिग-२: नेपाल आज अमेरिकासँग भिड्दै

Ankushdaily
0 comment 11 views
वीरगन्ज ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र युएई सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि युएईमा सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ। केही दिनअघि युएई पुगेको नेपाली राष्ट्रिय टोलीले यही खेलबाट आफ्नो अभियान सुरु गर्दैछ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले यस शृङ्खलामा युएई र अमेरिकाविरुद्ध खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले टोलीमा परिवर्तन गर्दै सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखी भीम सार्की, शाहब आलम र अनिल साहलाई मौका दिएको छ।
लिग–२ अन्तर्गतको यो शृङ्खला आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म युएईमा सञ्चालन हुनेछ। नेपालले दोस्रो खेल कात्तिक १३ गते बिहीबार युएईसँग, तेस्रो खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्ने तालिका छ।
अहिलेसम्म लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ। समान खेल खेलेको युएई ६ अंकसहित आठौं स्थानमा रहेको छ भने २० खेल खेलिसकेको अमेरिका २८ अंकका साथ दोस्रो स्थानमा छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.