Home » Blog » अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

Ankushdaily
0 comment 14 views
काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अमेरिकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।
अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए । पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको पार्टनरसिप गरे । मुक्कामल्लाले ४२ रन बनाए ।
मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्को सहयोगमा ७० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनपछि जुनमा स्कटल्यान्डमा भएको लिग-२ मा चारमध्ये तीन खेल जितेर सानदार प्रदर्शन गरेको नेपालले चार महिनापछि लिग-२ खेलेको हो । यसबीचमा नेपालले टी-२० विश्वकपमा स्थान पनि बनाइसकेको छ ।
नेपालले दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग खेल्ने छ ।
शृङ्खलाको तेस्रो खेलमा नेपालले कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।
विश्वकप लिग-२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.